18 May ,2026,Monday

spot_img
spot_img
spot_img
spot_img

नेपाल–भारत सीमामा ३२ किलोभन्दा बढी गाँजासहित भारतीय चालक पक्राउ

वीरगंज, ०४ जेष्ठ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्ध सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। भारतको रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) को ४७ औँ वाहिनीले नेपालबाट भारततर्फ जाँदै गरेको एक कारबाट ३२ दशमलव ४५० किलोग्राम गाँजा बरामद गरेको जनाएको हो।

एसएसबीका अनुसार कमाण्डेन्ट सञ्जय पाण्डेयको निर्देशनमा आइतबार बिहान विशेष सूचनाका आधारमा सीमा स्तम्भ नम्बर ३०९/३३ नजिक रहेको मैत्री पुल चेकपोस्टमा सवारी जाँच अभियान सञ्चालन गरिएको थियो। सो क्रममा नेपालबाट भारततर्फ प्रवेश गर्दै गरेको बीआर ०६ पीडी ५४७० नम्बरको डसटन कारलाई शंकाको आधारमा रोकी गहन जाँच गरिएको थियो।जाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा फेला परेको एसएसबीले जनाएको छ। बरामद गाँजाको कुल तौल ३२ दशमलव ४५० किलोग्राम रहेको बताइएको छ।

घटनामा कार चालक भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, कल्याणपुर थाना क्षेत्रको बदहरवा महानन्द गाउँ निवासी मन्टु कुमारलाई पक्राउ गरिएको छ। प्रारम्भिक सोधपुछपछि बरामद गाँजा, चालक तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया प्रहरी चौकीलाई बुझाइएको जनाइएको छ।

एसएसबीले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी, अवैध ओसार पसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि निरन्तर निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। यसअघि पनि सीमाक्षेत्रबाट विभिन्न प्रकारका लागूऔषधका ठूला खेप बरामद गरिएको उल्लेख गर्दै एसएसबीले आगामी दिनमा समेत यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल