25 July ,2026,Saturday

प्रदेशस्तरीय फुलकन्ट्याक्ट प्रतियोगितामा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

जनकपुरधाम, ५ जेष्ठ । मधेश खेलकुद परिषद् जनकपुरधामको आयोजनामा प्रदेशस्तरीय महिला तथा पुरुष फुलकन्ट्याक्ट प्रतियोगिता सम्पन्न भएको छ। “खेल मधेश, जिती मधेश” भन्ने नारासहित आयोजित प्रतियोगिता जनकपुरधाम–१३ स्थित खेलमैदानमा सञ्चालन गरिएको थियो।

प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गरेका छन्।पुरुषतर्फ ४० केजी तौल समूहमा खुर्सेद आलम प्रथम भए भने ४५ केजीमा रमेश पटेलले दोस्रो स्थान हासिल गरे। ६० केजी तौल समूहमा कमलेश ठाकुर तेस्रो तथा ६५ केजीमा उपेन्द्र यादव तेस्रो भएका छन्। यस्तै खुल्लातर्फ सुजल मल्लले दोस्रो स्थान प्राप्त गरेका छन्।

महिलातर्फ ४० केजी तौल समूहमा मनिषा माली प्रथम भइन्। ४५ केजीमा वर्षा चौधरी दोस्रो, ५० केजीमा अनिता यादव प्रथम तथा ५५ केजीमा सुनिता श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भइन्।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक मधेश खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताले प्रदेशमा खेलकुद विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...