28 May ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

नव अभियान नेपालको आयोजनामा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, १३ जेष्ठ । नव अभियान नेपालको आयोजनामा सहकार्य, समन्वय तथा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल पुजनमा सम्पन्न भएको छ। कार्यक्रममा सरकारी निकाय, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापाले समाजमा बढिरहेका महिला हिंसा, मानव बेचबिखन, बोक्सी आरोपजस्ता सामाजिक विकृतिविरुद्ध सबै निकाय एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

उनले सरकारी निकाय मात्रैले यस्ता चुनौती समाधान गर्न नसक्ने उल्लेख गर्दै सामाजिक संस्था, सञ्चारमाध्यम, प्रहरी प्रशासन र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको धारणा राखे।
उनले सामाजिक अभियानहरूलाई व्यवहारिक र परिणाममुखी बनाउन संस्थाहरूबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। “समाज परिवर्तनका लागि साझा प्रतिबद्धता आवश्यक छ, सबै पक्षबीचको एकता र सहकार्यले मात्र सकारात्मक परिणाम दिन सक्छ,” उनले भने।

कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरूले पनि महिला हिंसा, मानव बेचबिखन, घरेलु दुर्व्यवहार तथा बोक्सी आरोपजस्ता अमानवीय गतिविधिविरुद्ध संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, सिएमसीलगायत संस्थाका प्रतिनिधिहरूले नव अभियान नेपालसँग सहकार्य गर्दै सामाजिक सचेतना र मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष एवं समाजसेवी कमल चौगाई, मानवसेवा आश्रमका देवेश गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, क्रियासिल यूवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल लगायतले सामाजिक रूपान्तरणका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए।

सहभागीहरूले युवापुस्तालाई सामाजिक अभियानसँग जोड्दै जनचेतनामूलक कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले सामाजिक विकृतिविरुद्ध सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा समेत व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए भने अध्यक्षता नव अभियान नेपालकी चिफ अफिसर सरस्वती मानन्धरले गरेकी थिइन्। अध्यक्ष मानन्धरले नव अभियान नेपाल आगामी दिनमा सामाजिक न्याय, महिला सशक्तीकरण तथा मानवअधिकारका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने बताइन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल