24 July ,2026,Friday

नारायणी अस्पताल हस्तान्तरणबारे भ्रममा नपर्न सांसद सुशिल साह कानुको आग्रह

अभिलाष गुप्ता
वीरगंज, १४ जेष्ठ । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल साह कानु ले नारायणी अस्पताल लाई मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। उनले आम नागरिकलाई भ्रमपूर्ण समाचार र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कानुले नारायणी अस्पतालको सञ्चालन संघीय सरकारकै मातहतमा रहने व्यवस्था कायम रहेको सम्बन्धित निकायले स्पष्ट पारेको जानकारी दिएका हुन्।

हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अस्पताल हस्तान्तरणसम्बन्धी विभिन्न समाचार र चर्चा भइरहेका बेला उनले ती सूचनाप्रति सचेत रहन आग्रह गरेका छन्। स्वास्थ्यजस्तो संवेदनशील विषयमा आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्नुपर्ने उनको भनाइ छ।

सांसद कानुले जिल्लावासीलाई सामाजिक सञ्जालमा फैलिने अफवाह र गलत सूचनाबाट सतर्क रहन तथा आधिकारिक जानकारीलाई मात्र आधार मान्न अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...