29 May ,2026,Friday

spot_img
spot_img
spot_img
spot_img

सदस्यता शुद्धीकरणको माग गर्दै पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज, १५ जेष्ठ ।   नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले शुक्रबार महासंघको भवनमा तालाबन्दी गरेको छ। संघर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा पत्रकारहरूको टोलीले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो।

संघर्ष समितिले वर्तमान कार्यसमितिले सदस्यता शुद्धीकरण अभियानमा सहयोग नगरेको आरोप लगाउँदै पूर्वनिर्धारित कार्यक्रमअनुसार तालाबन्दी गरिएको जनाएको छ।

संघर्ष समितिका संयोजक अनुप तिवारीले महासंघ नेतृत्वले आन्दोलनका कार्यक्रमप्रति बेवास्ता गरेको आरोप लगाए। उनले भने, “हामीले ज्ञापनपत्र बुझायौं, एक–एक घण्टा महासंघको मूल गेटमा धर्ना दियौं, तर कार्यसमिति कानमा तेल हालेर बस्यो। हाम्रो मागहरू टार्ने काम मात्रै भयो।”

उनका अनुसार नेपाल पत्रकार महासंघ पर्साका कुल १६१ सदस्यको सदस्यता छानबिन गरी विधानअनुसार योग्य सदस्यहरूको नवीकरण गर्दै साधारणसभा गरिनुपर्ने संघर्ष समितिको एकसूत्रीय माग रहेको छ।

तालाबन्दी कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुल्लीसहित सदस्यहरू वीरेन्द्र साह ‘हिटलर’, मनोज कुमार मिश्र, राजेन्द्र सिंह, पन्नालाल साह, मंसुर खान, सन्तोष पटेल, कृष्ण श्रीवास्तव, राजन सिंह, बलिराम यादव, राजकुमार सरार्फ, अर्जुन गुप्तालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल