2 June ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

काली सेनाको कार्यालय उद्घाटन, महिलालाई आत्मनिर्भर बनाउने अभियानलाई थप गति

अभिलाष गुप्ता
रक्सौल, १९ जेष्ठ । रक्सौलस्थित आश्रम रोडमा रहेको सेवक संजय नाथ काली न्यास विद्यालय परिसरमा काली सेनाको नयाँ कार्यालय उद्घाटन गरिएको छ। मंगलबार साँझ आयोजित एक कार्यक्रममा स्थानीय विधायक प्रमोद कुमार सिन्हाले कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा काली मन्दिरका पीठाधीश्वर सेवक संजय नाथसहित विभिन्न क्षेत्रका व्यक्तित्व तथा महिला सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विधायक सिन्हाले काली सेनाले महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने प्रशंसनीय कार्य गरिरहेको बताए। उनले गृह उद्योगमार्फत महिलाहरूलाई रोजगारी उपलब्ध गराएर आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता पहल समयको आवश्यकता रहेको उनको भनाइ थियो।उनले काली मन्दिरका पीठाधीश्वर सेवक संजय नाथले संस्थालाई निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै काली सेनाको विकास र विस्तारका लागि सरकारी तथा गैरसरकारी तहबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, संस्थाकी अध्यक्ष पार्वती तिवारीको प्रशंसा गर्दै उनले समाजका पिछडिएका वर्गका महिलाहरूलाई रोजगारमूलक अवसर प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए।

कार्यक्रममा बोल्दै पीठाधीश्वर सेवक संजय नाथले महिलाहरूका लागि केही सकारात्मक र दीर्घकालीन कार्य गर्ने आफ्नो लामो समयदेखिको चाहना काली सेनामार्फत साकार भइरहेको बताए। उनले संस्थाको माध्यमबाट धेरै महिलाहरू आत्मनिर्भर बन्दै गएकोमा खुसी व्यक्त गरे।काली सेनाकी अध्यक्ष पार्वती तिवारीले हालसम्म संस्थासँग करिब २ हजार ६ सय महिलाहरू आबद्ध भइसकेको जानकारी दिइन्। उनका अनुसार ती महिलाहरूले तिसौरी, अदौरी, अचार लगायतका घरेलु उत्पादन तयार गरी आम्दानी गरिरहेका छन्। संस्थाद्वारा उत्पादित सामग्रीले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको र नयाँ कार्यालय सञ्चालनमा आएपछि गतिविधि थप प्रभावकारी हुने तथा अझ बढी महिलाहरूलाई रोजगारसँग जोड्न सहज हुने उनले बताइन्।

कार्यक्रममा भाजपा नेता अजय पटेल, मृत्युन्जय सिंह, समाजसेवी निरुल्लाह खान, कन्हैया सर्राफ, प्रेम गुप्ता, सैफुल आजम, अबरार खान, विमल सर्राफ, दीपू श्रीवास्तव, दीपक श्रीवास्तव, पप्पु साहलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा महिलाको सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धनप्रति सबैले प्रतिबद्धता व्यक्त गरेका थिए।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल