4 June ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

दलित पत्रकार सङ्घ नेपालको नेतृत्वमा गोपाल बराइली, दोस्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन

काठमाडौँ, २० जेष्ठ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले गोपाल बराइलीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौँको चन्द्रागिरिमा सम्पन्न महाधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका बराइली अध्यक्षमा निर्वाचित भएका हुन्।

महाधिवेशनबाट लक्ष्मण दर्नाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। दर्नाल यसअघि सङ्घका महासचिवको जिम्मेवारीमा थिए। यस्तै, उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक तथा सरिता बराइली निर्वाचित भएका छन्।

महासचिवमा करण ताम्राकार निर्वाचित भएका छन् भने सचिवहरूमा राजेशकुमार पासवान, वसन्त विश्वकर्मा, चिन्ता परियार र वसन्त बिक चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी सञ्जय सौगातले पाएका छन्।

त्यस्तै, केन्द्रीय सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिष बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पीबी दियाली निर्वाचित भएका छन्।

सङ्घका संस्थापक अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य विनोद पहाडीले दोस्रो राष्ट्रिय महाधिवेशनसँगै अध्यक्ष पदबाट औपचारिक रूपमा बिदाइ लिएका छन्।नवनिर्वाचित अध्यक्ष बराइलीले ४५ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी १० सदस्य पछि मनोनयन गरिने जानकारी दिए।

महाधिवेशनले दलित पत्रकारिताको सशक्तीकरण, सञ्चार क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व विस्तार तथा सामाजिक न्यायका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ नेतृत्व चयनसँगै सङ्घले दलित पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रमा समावेशी सहभागिता सुनिश्चित गर्न थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल