4 June ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

साउथ जोन सेकेण्ड्री स्कूल सेमिफाइनलमा प्रवेश, अल्पाइनलाई ३–० ले पराजित

वीरगंज, २१ जेष्ठ । वीरगंजमा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले आयोजित “प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत आज सम्पन्न चौथो क्वार्टरफाइनल खेलमा साउथ जोन सेकेण्ड्री स्कूल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

वीरगंज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको चौथो दिन आदर्शनगर फुटबल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा साउथ जोन सेकेण्ड्री स्कूलले अल्पाइन माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको साउथ जोनले विपक्षी टोलीमाथि दबाब कायम राख्दै तीन गोल गर्न सफल भएको थियो। टोलीका खेलाडीहरूले उत्कृष्ट समन्वय र अनुशासित खेल प्रदर्शन गर्दै सहज जित हासिल गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिता जेठ १८ गतेदेखि सुरु भई जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयहरूको सहभागिता रहेको छ। फाइनल खेल जेठ २५ गते हुने तालिका रहेको छ।

प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोग प्रदान गरेका छन्। उनले प्रतियोगिताभर प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई दैनिक नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

आयोजकले प्रतियोगितामार्फत विद्यालयस्तरबाटै फुटबल खेलको विकास, प्रतिभावान खेलाडीहरूको पहिचान तथा विद्यार्थीहरूमा खेलप्रति रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। सेमिफाइनल चरणका खेलहरू अब थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल