25 July ,2026,Saturday

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगंज–१७ मा स्थानीयवासीसँग अन्तरक्रिया

अभिलाष गुप्ता
वीरगंज, २२ जेष्ठ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले वीरगंज महानगरपालिका वडा नम्बर १७ का स्थानीयवासी तथा पार्टी कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

स्थानीय तहमा रहेका जनसमस्याबारे प्रत्यक्ष जानकारी लिने तथा नागरिकका गुनासा र सुझाव सुन्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासीहरूले खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार विकासलगायत विभिन्न जनसरोकारका विषयमा आफ्ना समस्या, गुनासा तथा सुझावहरू प्रस्तुत गरेका थिए।

स्थानीयवासीहरूले दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका आधारभूत सेवाहरूमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले खानेपानीको नियमित आपूर्ति, सरसफाइ व्यवस्थापनको प्रभावकारी कार्यान्वयन तथा विकास निर्माणका कार्यलाई तीव्रता दिन आग्रह गरेका थिए।स्थानीयवासीका भनाइ सुनेपछि सांसद कानुले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताका अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आफू निरन्तर सक्रिय रहने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कानुले जनप्रतिनिधिको मुख्य दायित्व जनताका समस्या सुन्नु, उनीहरूको भावना बुझ्नु र समाधानका लागि आवश्यक पहल गर्नु रहेको धारणा व्यक्त गरे। उनले नागरिकका जायज माग र आवश्यकतालाई सम्बोधन गर्न आफू सदैव प्रतिबद्ध रहेको समेत बताए।

अन्तरक्रिया कार्यक्रममा स्थानीयवासी, पार्टी कार्यकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप सुदृढ हुने तथा स्थानीय समस्याको समाधानमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...