25 July ,2026,Saturday

घरदैलोमा डाक्टर’ कार्यक्रमअन्तर्गत प्रभु हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

अभिलाष गुप्ता
वीरगंज, २३ जेष्ठ । ‘घरदैलोमा डाक्टर’ कार्यक्रम अन्तर्गत प्रभु हस्पिटल वीरगंजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. शाश्वत साह ले हाडजोर्नीसम्बन्धी परीक्षण, नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधि वितरण र सुगर परीक्षण गरेका थिए।

साथै वीरगञ्ज सामुदायिक आँखा अस्पताल को सहकार्यमा आँखा विशेषज्ञ महेश सिंह धामी द्वारा निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो।

शिविरमा ११० महिला र ९० पुरुषसहित वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय गरी जम्मा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम प्रमुख दिलीप राज कार्की ले अस्पतालसम्म पुग्न समय वा सुविधा नहुने नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। यसैगरी वडा अध्यक्ष अनुप सुवेदी ले चिकित्सकहरू गाउँघरमै पुगेर स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेकोमा खुसी व्यक्त गरे।

कार्यक्रमका वडा संयोजक विशाल ठकुरी ले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

शिविरका क्रममा आँखा परीक्षण गर्दा मोतियाबिन्दु देखिएका बिरामीहरूको शल्यक्रिया सोही दिन गरिने जानकारी समेत दिइएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...