8 June ,2026,Monday

spot_img
spot_img
spot_img
spot_img

नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न

वीरगंज, २५ जेष्ठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वर प्रसाद यादवले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौताको उद्देश्य कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा कामदारहरूलाई गुणस्तरीय, सहज र प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ। सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीहरूलाई नेशनल मेडिकल कलेजमा उपचार गर्दा सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू प्राथमिकताका साथ प्रदान गरिनेछ।

सम्झौताअनुसार उपचारका लागि आउने लाभार्थीहरूलाई अस्पतालमा विशेष सामाजिक सुरक्षा कोष Counter मार्फत सेवा उपलब्ध गराइनेछ। साथै, सामाजिक सुरक्षा कोषबाट व्यहोर्न बाँकी रहने सहभुक्तानी रकम निर्धारित अवधिभित्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा परिवारजनले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्रयोग्य सामग्री बाहेकका उपचार सेवामा २०% विशेष छुट प्राप्त गर्नेछन्। साथै, अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा ५% छुटको व्यवस्था समेत गरिएको छ।

यस सहकार्य अन्तर्गत वार्षिक स्वास्थ्य परीक्षण, पूर्व-रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकता अनुसार संस्थामै स्वास्थ्य सेवा तथा प्रत्येक त्रैमासिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा समेत सहमति भएको छ। साथै, कृषि अनुसन्धान निर्देशनालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा समावेश गर्ने तथा दुवै संस्थाबीच आवश्यकताअनुसार संयुक्त कार्यक्रम तथा सहकार्य गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै गुणस्तरीय उपचार सेवा प्राप्त गर्न थप सहजता हुने विश्वास लिइएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी लगायत दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल