12 June ,2026,Friday

spot_img
spot_img
spot_img
spot_img

६७ कार्टुन स्याउसहित तीन जनालाई नियन्त्रणमा

वीरगंज, २८ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भन्सार छली गरेर नेपाल ल्याइएको ६७ कार्टुन स्याउसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगंजका छुट्टाछुट्टै स्थानबाट अवैध स्याउ, अटो रिक्सा र ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जेठ २८ गते बिहान अन्दाजी ०९ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ स्थित मितेरी पुलमुनीको बाटो हुँदै भारततर्फ जाँदै गरेको बी.म.न.पा.१ ह १–०७९६ नम्बरको अटो रिक्सालाई रोकेर जाँच गरिएको थियो । उक्त अटो रिक्सामा बिना बिलबिजक भन्सार छली गरिएका ८ कार्टुन स्याउ फेला परेपछि चालक र सहयोगीलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो ।
पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ गहवास्थित एक अवैध रूपमा सञ्चालन भइरहेको गोदाममा छापा मारेको थियो । कानूनी रीत पु¥याएर उक्त गोदाम खानतलास गर्दा बिना बिल बिजक लुकाएर राखिएको थप ५९ कार्टुन स्याउ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले वीरगंज म.न.पा. वडा नं. १४ बस्ने (गोदाम सञ्चालक) धनन्जय प्रसाद कलवार (२९ वर्ष), वीरगंज म.न.पा. वडा नं. १४ बस्ने (सहयोगी) अमन कुमार पासवान (२० वर्ष) र वीरगंज म.न.पा. वडा नं. २ छप्कैया बस्ने (अटो रिक्सा चालक) इब्राम आलम (१९ वर्ष)लाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
बरामद गरिएको जम्मा ६७ कार्टुन स्याउको अनुमानित बजार मूल्य रू. ३,७५,२००।– (तीन लाख पचहत्तर हजार दुर्ई सय) कायम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, नियन्त्रणमा लिइएका तीनै जना व्यक्ति, अटो रिक्सा र बरामद स्याउलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी भन्सार छली गरेर ल्याइएका ट्याक्टरका पार्टपुर्जासहित एक जना गोदाम सञ्चालकलाई नियन्त्रणमा प्रहरीले लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १९ बिन्दवासिनीस्थित राहुल मेशिनरी हार्डवेयर पसलमा खानतलासी गर्दा भन्सार छली लुकाइछिपाई राखिएका सामानहरू बरामद गरेको हो ।
प्रहरीले दुर्ई लाख सात हजार मूल्य बराबरको ट्याक्टरका विभिन्न पार्टपुर्जासहित पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ बस्ने ४० वर्षीय जगत नारायण प्रसाद गुप्ता (पसल सञ्चालक)लाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कानूनी प्रक्रिया पूरा गरी उक्त सामग्रीहरू बरामद गर्नुका साथै पसल सञ्चालक गुप्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बताए । गुप्ता र बरामद गरिएका पार्टपुर्जाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल