16 July ,2026,Thursday

भारत विकास परिषदको अनौठो पहल: “गाउँतिर जाऔँ” अभियानको शुभारम्भ

रक्सौल (पूर्वी चम्पारण) ३२ अषाढ । समाजसेवाला गाउँको चौतारीसम्म पुर्‍याउने उद्देश्यका साथ भारत विकास परिषद, शाखा–रक्सौलद्वारा सञ्चालित “गाउँतिर जाऔँ” अभियानको शुभारम्भ बिहीबार कन्ना ग्राम पञ्चायतका किसान अनिरुद्ध सिंहको खेतमा धान रोपेर गरिएको छ।

अभियानअन्तर्गत परिषदका पदाधिकारी तथा सदस्यहरूले किसानहरूसँगै खेतमा उत्रिएर धान रोपे। उनीहरूले किसानहरूको मेहनत, समर्पण तथा राष्ट्र निर्माणमा पुर्‍याएको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै खादा (अंगवस्त्र) ओढाएर सम्मान गरे। साथै किसानहरूलाई जलपानका लागि अंकुरित चना, मुंग र गुडसमेत वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कन्ना ग्राम पञ्चायतका मुखिया जफिर अहमद रहेका थिए। कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष रजनीश प्रियदर्शीले गरेका थिए भने वातावरण संयोजक विजयकुमार साहले कार्यक्रमको सफल सञ्चालन तथा संयोजन गरेका थिए।

शाखा अध्यक्ष रजनीश प्रियदर्शीले परिषदको उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु मात्र नभई समाजको अन्तिम तहसम्म सेवा, संस्कार, सहयोग र समर्पणको भावना पुर्‍याउनु रहेको बताए। उनले भारतको आत्मा गाउँमा बस्ने भएकाले गाउँको समग्र विकासबाट मात्र सशक्त राष्ट्र निर्माण सम्भव हुने धारणा व्यक्त गरे।

उनले “गाउँतिर जाऔँ” अभियानमार्फत ग्रामीण क्षेत्रमा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला सशक्तीकरण, सामाजिक सद्भाव तथा राष्ट्रभावना सुदृढ गर्ने कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिने जानकारी दिए।

वातावरण संयोजक विजयकुमार साहले किसानहरू केवल अन्नदाता मात्र नभई प्रकृतिका वास्तविक संरक्षक पनि भएको बताए। उनले वातावरण संरक्षण, जल संरक्षण तथा वृक्षारोपणलाई जनआन्दोलनका रूपमा अघि बढाउन सबैलाई आग्रह गर्दै यस अभियानले समाज र गाउँबीचको आत्मीय सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

यस अवसरमा परिषदको तर्फबाट मुखिया जफिर अहमदलाई खादा तथा सम्मान–चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। उनले परिषदको यस अभिनव पहलको प्रशंसा गर्दै सामाजिक संस्थाहरू गाउँतर्फ अग्रसर हुनु समयको आवश्यकता भएको बताए। समाज किसानसँग एकजुट भए मात्र समावेशी विकासको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।

किसान अनिरुद्ध सिंहले परिषदप्रति आभार व्यक्त गर्दै किसानसँगै खेतमा उत्रिएर काम गर्नु उनीहरूको श्रमप्रतिको वास्तविक सम्मान भएको बताए। यसबाट समाज र किसानबीच आत्मीयता, विश्वास तथा सहकार्य अझ बलियो हुने उनको विश्वास थियो।

परिषदका सेवा संयोजक तथा मिडिया प्रभारी बिमलकुमार सर्राफले परिषदको पहिचान केवल कार्यक्रमहरूबाट नभई समाजको बीचमा पुगेर गरिने सेवामूलक कार्यबाट स्थापित हुने बताए। उनले “गाउँतिर जाऔँ” अभियान परिषदको सेवा यात्राको महत्वपूर्ण अध्याय भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा जनचेतना, वातावरण संरक्षण, सरसफाइ, स्वास्थ्य, शिक्षा, संस्कार तथा सामाजिक सद्भावसँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। परिषदको लक्ष्य सेवा समाजको अन्तिम व्यक्तिसम्म पुर्‍याई प्रत्येक नागरिकलाई राष्ट्र निर्माणको सहभागी बनाउनु रहेको उनले बताए।

यस अवसरमा सुनीलकुमार, अजयकुमार तथा प्रशान्तकुमारले संयुक्त रूपमा परिषदको सेवा तथा संस्कार अभियान गाउँ–गाउँसम्म विस्तार गरिने बताए। उनीहरूले आगामी दिनहरूमा वृक्षारोपण तथा वातावरण संरक्षण, शिक्षा र संस्कारसम्बन्धी जनचेतना, स्वास्थ्य परीक्षण तथा जनचेतना शिविर, महिला सशक्तीकरण, बालिका शिक्षा, ज्येष्ठ नागरिक सम्मान, सामाजिक सद्भाव, सरसफाइ, जल संरक्षण तथा राष्ट्रभक्ति र नागरिक कर्तव्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा उमेश सिकारिया, सुनीलकुमार, बिमलकुमार सर्राफ, विजयकुमार साह, अजयकुमार, प्रशान्तकुमार, दिनेशप्रसाद, विनोदकुमार, अशोक कुमार तथा किसान अनिरुद्ध सिंहलगायत ठूलो संख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

यो जानकारी शाखाका सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमलकुमार सर्राफले संयुक्त रूपमा दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...