१९ श्रावण २०८०,शुक्रबार
बीरगंज । पर्सा प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्षको प्रगती प्रतिवेदन सार्वजनीक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएको पत्रकार सम्मेलन गत आर्थिक वर्षमा २ हजार २ सय ७२ मुद्धा दर्ता भएकोमा १ हजार ८ सय ७३ मुद्धाको अनुसन्धान पछि अभियोजन गरिएको प्रहरी उपरिक्षक कोमल शाहले बताए ।
उनले अनुसन्धान सकिएर अभियोजनामा भएका मुद्धाहरु प्रहरी कार्यालयको हकमा फरछ्यौट मानिने बताए । ३ सय ९६ मुद्धाको अनुसन्धान भइरहेको उनले जनाए । त्रिवर्षिय मुद्धाको संख्यात्मक बिश्लेषण गर्दा मुद्धाको संख्या बढेको देखिन्छ ।
मुद्धा फरछ्यौटमा भने जिल्ला प्रहरी कार्यालय पर्साको काम सन्तोषजनक रहेको बिश्लेषण गरिएको छ । प्रहरीले बारका आधारमा समेत अपराधको बिश्लेषण गरेको छ । शनिवार मंगलवार दिन अपराधको संख्या कम रहेको देखिन्छ ।
यि दुवै बार २ सय ८९ अपराधका घटना भएको देखिन्छ भने अरु बार अपराधका घटना ३ सय भन्दा बढी देखिएको शाहले बताए ।
गत आर्थिक वर्षमा बैकिङ कसुरका सबैभन्दा बढी ६ सय २ वटा घटना दर्ता भएका छन ।
त्यस्तै अभद्र ब्यवहार शान्ति सुरक्षा बिरद्धको कसुरका पनि ६ सय ७८ मुद्धा दर्ता भएका छन । यस मध्य तीन वटा मुद्धा मात्र फरछ्यौट हुन बाँकी छ । मिटर ब्यजका सम्बन्धमा ४ सय ९९ मुद्धा परेकोमा २ सय ८० मुद्धामा मिलापत्र भएको छ ।
गत अर्थिक वर्षमा पर्सा प्रहरीले फरार अपराधी अभियुक्त २ सय ३४ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ । गत आर्थिक वर्षमा हुण्डी कारोवारीमा २२ जनालाई पक्राउ गरि उनीहरुबाट १ करोड ९३ लाख रुपैय बरामद गरेको छ ।
गत आर्थिक वर्षमा बीरगञ्ज महानगर क्षेत्रको बसपार्क एरियामा रहेका होटलहरू र रेष्टुरेण्ट लगायतका क्षेत्रहरूमा यौनजन्य क्रियाकलाप हुने गरेकोमा प्रहरीले बिषेश टोली परिचालन गरि यौनजन्य क्रियाकलाप हुने गरेको स्थानहरूमा यौनजन्य क्रियाकलापमा सलंग्न रहेका तथा उक्त क्रियाकलाप गराउने व्यक्तिहरूलाई विभिन्न समयमा पक्राउ गरी मानव वेचविखन तर्फ ४ जना, जजक उधोग तर्फ ५ जना, शरिर बन्धक तथा जजक तर्फ २ जना,सार्वजनिक शान्ति विरुद्दको कसूरमा ५६ जना गरी ६७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको उपक्षिक शाहले जानकारी दिए।