3 October ,2024,Thursday

क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा प्रथम प्रदेश सभा क्षेत्र न १ ‘ख’ भव्यताका साथ सम्पन्न

१९ श्रावण २०८०,शुक्रबार

वीरगन्ज, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न १ ‘ख’ को प्रथम प्रदेश सभा क्षेत्रीय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रबक्ता माननीय डा.प्रकाश शरण महतले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो।

नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले यो देशमा काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताएका छन् ।वीरगन्जमा शुक्रबार सभा गृहमा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ ख को कांग्रेसको प्रथम प्रदेशसभा क्षेत्र सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

       

अर्थमन्त्री समेत रहेका महतले भने,‘ कांग्रेस काम गर्ने पार्टी हो,कांग्रेसले गर्न नसक्ने कुरा बोल्दै बोल्दैन,जे गर्न सक्छ त्यो मात्रै बोल्छ,पुरा गरेरै छाड्छ ।त्यसकारण मुलुकमा कांग्रेसको विकल्प अरु कुनै पार्टी नभएको जिकिर पनि उनले गरे ।लोकतन्त्र अझैपनि संस्थागत भइनसकेकाले लोकतन्त्रलाई संस्थागत गर्ने क्षमता कांग्रेसमा मात्रै भएको उनले बताए ।

देशभरका कांग्रेस नेता कार्यकर्ता आरोप प्रत्यारोपमा नलागी एक जुट भएर पार्टीका लागि काम गरेको खण्डमा कांग्रेसका सामु कुनैपनि पार्टी टिक्न नसक्ने ठोकुवासमेत उनले गरे ।अहिले पार्टीमा आफु मात्रै राम्रो अरु सबै नराम्रो भन्ने प्रवृति केन्द्रका केहि नेतामा देखिएकाले त्यसले पार्टीलाई हित नगर्ने प्रवक्ता महतको भनाई थियो ।

उनले भने,‘ मिडिया र सोसल मिडियामा नेतृत्वलाई गाली गरेर पार्टी कदापि बलियो हुदैन,गल्ती कमजोरीको जिम्मा सबै नेताले बराबरी लिनुपर्छ,त्यसलाई सच्याएर सबै काँधमा काँध मिलाएर हिडेमात्र पार्टी बलियो हुन्छ ।

       

पार्टीको बैठक भित्र एउटा कुरा हुने तर बाहिर अर्कै कुरा गर्ने केहि नेताहरुको प्रवृति अन्त्य गर्न पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनमा केन्द्रिय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रशारण गरिएको उनले प्रष्ट पारे ।

पार्टी सभापति देउवा दूरदर्र्शी र दूरदृष्टि राख्न सक्ने क्षमता भएको नेता भएको उनले बताए । उनले भने,‘अरु पार्टीको नेता जस्तो बढि गफ दिने नेता हाम्रो पार्टी सभापति होइन,उहाँ थोरै बोल्नु हुन्छ तर उहाँले बोलेको कुराले सहि दिशा दिन्छ ।

पर्सा क्षेत्र नम्बर १ ख को कांग्रेसको प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा भएको सम्मेलनलाई कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया,प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा,कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री,संविधानसभा सदस्य अनिल रुंगटा,कांग्रेस नेता राकेश सिंह,कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,कांग्रेस नेतृ नारायणी रायमाझी लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...