20 January ,2025,Monday

भन्सार छलीका २४ लाखको गहुँ सहित दुईवटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

२२ श्रावण २०८०, सोमबार

वीरगन्ज । पर्साको ग्रामीण नाका प्रयोग गरी भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको गहु सहित २ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ६ लखनपुर बाट वीरगंज तर्फ आउदै गरेको मे.१ त ४८४८र ना.२ त ४५६८ नम्बरको दुईवटा ट्याक्टरहरू लाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लखनपुर पुल नजिक चेकजाचको लागी ट्रयाक्टर रोक्ने क्रममा ट्रयाक्टर चालकहरू ट्रयाक्टर छोडेर फरार भएपछी प्रहरीले गहु लोड रहेको दुवै ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

नियन्त्रणमा लिईएको गहुको बजार मुल्य २४ लाख बराबरको रहेको र थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागी गहु सहित ट्रयाक्टरलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...