20 January ,2025,Monday

भोजपुरी टाईम्स दैनिकको १० औं वार्षिकोत्सवमा ह्विल चेयर सहयोग

२३ श्रावण २०८०,मंगलबार

वीरगन्ज । नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंज बाट नियमित रुपमा प्रकाशित हुदै आएको एक मात्र भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका एक जना असहाय अपाङ्ग बालक लाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव मंगलबार मनाएको छ ।

पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यो वर्ष बारा जिल्लाको कलैया उपमहानगर पालिका वडा नं,१६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिप कुमार राम जन्मेदेखि नै अपाङ्ग रहेकोमा उनलाई एक थान ह्विल चेयर सहयोग प्रदान गरेको छ ।

मन्दिपको जन्मै देखि हात खुटा पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या रहेको छ । उनको घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुले बताए पछि पत्रिकाले अन्य कार्यक्रमहरु नगरी यो वर्ष मन्दिपलाई ह्विल चेयर सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले बताए । पत्रिकाका प्रकाशक चौरसिया,कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगेर उनका आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका थिए ।

सो अवसरमा समाजसेवी ईजरायल अंसारी,स्थानिय अनिल कुशवाहा,सञ्चारकर्मी उमेश दुबे,रंजित चौरसिया,दिपेन्द्र गिरी,मुकेश चौरसिया लगायत स्थानिय वासीहरुको सहभागीता रहेको थियो । पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई फरक–फरक ढंगले मनाउदै आएको छ । यस वर्ष वार्षिकोत्सवमा पिछडिएका वर्ग मन्दिप रामलाई ह्विल चेयर सहयोग गरेको र आउने दिनहरुमा पनि सक्दो सहयोग गरी मनाउने पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले बताए ।

गत वर्ष वीरगंज स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेश्नरी सहयोग गरी पत्रिकाले ९ औं वार्षिकोत्सव मनाएको पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...