16 September ,2024,Monday

प्रमुख विपक्षी नेकपा एमालको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

२४ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बुधबार पनि अवरोध भएको छ । प्रमुख विपक्षी नेकपा एमालको अवरोधका कारण बैठक बस्दै नबसी स्थगित भएको छ ।

एमालेले साउन १० गते यता प्रतिनिधिसभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । साउन १० गते पछि तय भएको साउन १५ गते, साउन १६ गते, साउन २२ गते सूचना टाँसेर स्थगित भएको थियो ।

साउन २३ गते बसेको बैठकमा आकस्मिक समय चलेको थियो भने सुन तस्करीको विषयमा संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जानकारी गराएका थिए ।

मंगलबार पनि प्रतिनिधिसभालाई कार्यसूचीमा प्रवेश गर्ने बेला अवरोध गरेको एमालेले बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै उठेर विरोध गर्‍यो ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा तय भएका सब विषय हटाएर अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित गरिदिए ।साभार–अनलाइन खबर 

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...