19 January ,2025,Sunday

वीरगंजमा खुल्यो सुविधा सम्पन्न रूबिक रेस्टुराँ,मेयर सिंहले गरे उद्घाटन

२४ श्रावण २०८०,बुधबार

वीरगंज । वीरगंजमा सुविधा सम्पन्न क्याफे,लाउन्ज तथा बार रूबिक रेस्टुराँ सञ्चालनमा आएको छ । माइस्थान देखि महावीर स्थान जाने बाटोमा बाया तर्फ अवस्थित रूबिक रेस्टुराँ बुधबार देखि सञ्चालनमा आएको हो ।

रूबिक रेस्टुराँको वीरगंजका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् । स्थानीय युवा व्यवसायीहरूको झन्डै अढाई करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको रेस्टुराँको मेयर सिंह लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात् सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै मेयर सिंहले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला स्थानीय युवाहरूले जोखिम मोलेर नेपालमै केही गर्नुपर्ने भन्ने सोचका साथ रेस्टुराँ सञ्चालन ल्याएकोमा खुसी व्यक्त गरे । रेस्टुराँले गुणस्तरीय सेवासहित स्वादिलो परिकार उपलब्ध गराउने विश्वास व्यक्त गर्दै उनले विभिन्न ठाउँ बाट धार्मिक तथा व्यावसायिक कामले वीरगञ्ज आउने पर्यटकहरूको लागि एउटा गन्तव्यका रूपमा रूबिक रेस्टुराँ पनि थपिएको बताए ।

वीरगंजमा नयाँ व्यवसाय तथा उद्यम गर्ने युवाहरू लाई सहयोग गर्न महानगर सधैँ तयार रहेको बताउँदै उनले भने,युवा उद्यमीहरू लाई चाहिएको प्रत्येक सहयोग महानगर बाट उपलब्ध गराउन म तयार छु । प्रस्ताव ल्याउनुस्,हामी सहकार्य गर्छौँ ।’वीरगञ्जमा प्रत्येक महिनाको अन्तिम शुक्रवार र शनिवार लगाइने रात्रि बजारले पनि रेस्टुराँ सञ्चालकहरू लाई सहयोग पुगिरहेको दाबी गर्दै उनले भविष्यमा रात्रि बजारलाई दैनिक बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाए ।

स्थानीय युवा व्यवसायीहरू विजय साह कानु,दिनेश प्रधान र सञ्जय श्रीवास्तवको संयुक्त लगानीमा सञ्चालनमा आएको रूबिक रेस्टुराँमा एकै पटक सय जना सम्म अटाउने ठाउँ रहेको छ । दुई भागमा बाँडिएको रेस्टुराँमा परिवारका सदस्यहरू सँग जान मिल्ने किसिमको नो(स्मोकिङ् र छुट्टै बार रहेको छ ।

वीरगञ्जमा रहेका अन्य रेस्टुराँको तुलनामा रूबिकको सजावट पनि नयाँ र फरक रहेको दाबी गर्दै सञ्चालक विजय साह कानुले भने,हाम्रो युएसपी भनेको सेवा र स्वाद हो । वीरगञ्जमा बसेर दुई दशक भन्दा पनि बढी लामो समय सम्म काम गरेका सेफ हामी सँग हुनुहुन्छ,उहाँले स्थानीयहरूको स्वादलाई बुझ्नु हुन्छ ।’ग्राहकलाई दिने सेवामा पनि तुलनात्मक रूपमा आफूहरू अरू भन्दा गुणस्तरीय रहेको उनले बताए ।

रेस्टुराँले उद्घाटन भएको अवसरमा शनिवार सम्म बिलमा १० प्रतिशत सम्म छुट दिइरहेको कानुले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...