10 December ,2025,Wednesday

मालपोतका अधिकृत सहित ६ जना विरुद्व दोब्बर जरिवानाको माग सहित भ्रष्टाचार मुद्दा दायर

२५ श्रावण २०८०,बिहीबार

वीरगंज । वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, अधिकृत सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार तीन अधिकृतसहित कम्युटर अधिकृत र नासुले २०७३ साउन २ गते लिखतहरु पारित गर्दा तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनीयतपूर्वक चार लाख २५ हजार ५३१ रुपियाँ राजस्व चुहावट भएको जानकारी दिनुभयो।

उहाँका अनुसार नासु साहलाई तीन लाख ८७ हजार रुपियाँ कायम विगोको दोब्बर जरिवाना सात लाख ७४ हजारमध्ये असुल भएको २२ हजार १९५ रुपियाँ घटाई सात लाख ५१ हजार ८०९ रुपियाँ जरिवाना गर्न माग गरिएको छ।

यसैगरी, कम्युटर अधिकृत तिवारीलाई ११ हजार ७४७ विगोको दोब्बर २३ हजार ४९५ जरिवाना, मालपोत अधिकृत भण्डारीलाई दुई लाख ३९ हजार ४०४ विगोको दोब्बर चार लाख ७८ हजार ८०८, भट्टराईलाई ३८ हजार ५२८ को दोब्बर ७७ हजार ०५७ मध्ये दाखिला भएको ३८ हजार रकम घटाएर ३९ हजार ५७ रुपियाँ जरिवानाको माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

मिश्रलाई ६० लाख ७१९ विगोको दोब्बर एक लाख २१ हजार ४३८ रुपियाँमध्ये असुल भएको ६० हजार १९५ घटाएर ६१ हजार २४३ र द्वीवेदीलाई एक लाख १३ हजार ७७८ विगोको दोब्बर दुई लाख २७ हजार ५५६ रुपियाँ जरिवानाको मागदाबी लिएर बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...