4 December ,2023,Monday

अत्याधुनिक सिसिटिभीको निगरानीमा वीरगन्ज,शान्ति सुरक्षा मजबुत हुने विश्वास

 

३१ श्रावण २०८०

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बैभव बीरगंजको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगंज बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिवी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको उद्घाटन गर्दै नगर प्रमुख सिंहले अत्याधुनिक क्यामराको जडानसँगै अब वीरगंजको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण,नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुपमा जडान गरिएको अत्याधुनिक सिसिटिवी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो । वीरगंज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो ।

सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना,चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो । वीरगंज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।

यसैविच आज एक कार्यक्रमका विच वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालिक राखिएको स्थानमा नयाँ राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गर्नु भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,प्रहरी उपरीक्षक कोमल शाह,ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...