21 November ,2025,Friday

छतको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

३१ श्रावण २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले छतको पानी सिधै सडकमा खसाउने घरधननीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाको कार्यालयले बुधबार एक सार्वजनिक सूचना नै प्रकाशीत गरेर महानगर क्षेत्र भित्र बनेका घरहरूका छतछानावाट वर्षात लगायत अन्य प्रयोग भएको पानी सोझै सडकमा खसाउने घरधनीलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

घरको छत वा छानाबाट वर्षात वा अन्य प्रयोग भएको पानी सिधै सडकमा खसाउँदा सडकको संरचनामा क्षती पुगेको र सडक खाल्डो हुनुका साथै आवत जावत गर्ने यात्रुको शरीरमा समेत पानी पर्ने गरेको पाईएकोले त्यस्ता किसिमका कार्यहरु अविलम्ब बन्द गरी ब्यवस्थित तवरले छतको पानी नालामा खसाउन सूचना मार्फत् महानगरपालिकाले सबैमा अनुरोधपनि गरेको छ ।

यदि महानगरपालिकाको अनुरोधलाई अवहेलना गरी त्यस्ता किसिमको काम गरेको पाईएमा महानगरपालिका कारवाही गर्न वाध्य हुनेपनि उक्त सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...