2 December ,2023,Saturday

अहिलेको गठबन्धन सरकार सीमित स्वार्थी तत्वको पृष्ठ पोषकको रुपमा रहेको : महासचिव पोखरेल

१ भाद्र,२०८०

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान अवस्थामा मुलुक थप राजनीतिक अस्थिरताको शिकार बन्न पुगेको बताएका छन् । वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेको मिसन २०८४ एवं मधेश प्रदेशमा नेकपा एमालेको भावी रणनीतिबारे प्रकाश पार्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र अराजकता एवं बलियो राष्ट्रशक्ति निर्माण हुन नसक्नु जस्ता चुनौतिहरु सृजना भएकोले मुलुक थप राजनीतिक अस्थिरताको शिकार बन्न पुगेको बताए ।

उनले नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको ३४ वर्षमा २८ वटा प्रधानमन्त्री फेरिए, एकजना प्रधानमन्त्रीले सवा एक वर्ष भन्दा बढि कार्यभार सम्हाल्न पाएका छैनन् भने मन्त्रीले ६ महिना पनि काम गर्न पाएका छैनन् त्यस्तो अवस्थामा मुलुकमा परिणाम देखिने गरि काम गर्ने अवस्था सृजना हुन नसक्नु स्वभाविक रहेको बताए । जनताले बलियो सरकारको अपेक्षा गरेर केपी ओलीको नेतृत्वमा सरकार गठन भयो तर जनादेशको विपरित सर्वोच्च अदालतको परमादेशबाट नयाँ सरकार गठन गर्ने काम भयो त्यले राज्यका सबै अँग कमजोर भएको बताए । अदालत अदालत जस्तो छैन,संसद संसदको भूमिका निर्वाचन गर्न असफल छ, सरकार जनता राष्ट्रको हितमा काम गर्न नसक्ने निरीह बनेको उनको भनाई छ ।

वीरगंज नेपालको आर्थिक केन्द्रका रुपमा चिनिन्छ तर गठबन्धन सरकारको कारणले गर्दा वैधानिक अर्थतन्त्र कमजोर र अवैधानिक एवं तस्करतन्त्र प्रोत्साहित भएको आरोप लगाए । उनले मेहनत गर्ने उद्यमी व्यवसायीहरु सकसमा परेका छन्, कतिजनाले आत्महत्या गरे, तर त्यो सरकारको लागि चिन्ताको विषय बन्न नसकेको बताए । मुलुक आर्थिक रुपमा मन्दीको अवस्थामा प्रवेश गरेको छ । एकपछि अर्को कारणहरु उजागर हुँदै गइरहेको भन्दै महासचिव पोखरेलले सुन तस्करी प्रकरणलाई मात्रै कोट्याउने हो भने दुई महिनाको अवधिमा नक्कली कम्पनी खडा गरि झण्डै २ हजार केजी भन्दा बढि सुन भित्र्याइएको तथ्यहरु बाहिर आएका छन् । यसले दुई महिनाको अवधिवमा एक अर्व राजस्व हिनामिना भएको उनले बताए ।

वैधानिक कारोबारहरु ठप्प भई अवैधानिक कारोबारहरु प्रोत्साहन गरेको गठबन्धन सरकार को कारण मुलुकले आर्थिक मन्दीको समस्या खेप्नुपर्ने अवस्था सृजना भएको महासचिव पोखरेलको भनाई छ।अहिले विदेशिने युवाहरुको तथ्याँक पनि उकालो लाग्दो छ,७ लाख ७२ हजारको हाराहारीमा युवाहरु विदेश गएका छन् । पढ्ने सिलसिलामा डेढ लाख विद्यार्थी बाहिरिएका छन्।यो आँकडाले काम गर्ने युवाहरु विदेशिँदा देशको विकासको यात्रा रोकिए को उनको भनाई छ । उनले एमाले सरकारमा हुँदा युवाहरु विदेशिने क्रम कम हुन्छ,जुन बेला एमाले सरकारबाट बाहिरिन्छ युवाहरु विदेशिनेको संख्यामा वृद्धि हुने गरेको छ,यसले पनि गठबन्धनको सरकार कुन ढंगले अगाडि बढि रहेको छ छर्लङ्ग हुने गरेको बताए ।

राष्ट्र आर्थिक संकटमा पर्ने,आम जनता महंगीको मारमा पर्ने,उद्यमी व्यवसायीहरु वित्तीय संकटमा पर्ने र त्यही अवधीमा सत्ता निकट रहेका केही उद्यमीहरु असाधारण रुपमा आय आर्जन गर्ने गरेको पनि तथ्यहरु सार्वजनिक भएका छन् भन्दै एउटा विदेशी सञ्चार माध्यमले एक जना व्यापारीको सम्पत्ति एक वर्षको अवधिमा ४० अर्व वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको थियो,यसबाट अहिलेको गठबन्धन सरकार सीमित स्वार्थी तत्वको पृष्ठ पोषकको रुपमा रहेको पुष्टि गरेको उनको भनाई छ ।

अर्कोतर्फ अहिले जसरी सरकारले प्रतिपक्षमाथि नियोजित रुपमा घेराबन्दी गरि आक्रमण गर्ने गरेको छ,यो दुःखदायी अवस्था छ भन्दै महासचिव पोखरेलले गठबन्धनको सरकारले आफ्ना कमजोरीलाई लुकाउन अरुमाथि दोषारोपण गर्ने घृणित कामहरु गरि रहेको बताए । हामीले भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविनको माग गरेका छौं तर सत्तापक्षले त्यो मानेको छैन भन्दै महासचिव पोखरेलले भ्रष्टाचार विरुद्ध कुनैपनि सम्झौता गर्दिन भन्ने गठबन्धन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना पार्टी कार्यकर्ता संलग्न घटनाहरु सार्वजनिक हुँदा त्यसलाई सामानीकरण गर्ने र घटना दबाउन तर्फ लाग्नुले पनि सरकारको कार्यप्रति शंका उत्पन्न गराएको बताए ।

सुन तस्करीमा समातिएका चिनिया व्यापारीसंग माओवादीका नेताले २३४ पटक फोन सम्पर्क गर्नुपर्ने कारण थियो भन्दै महासचिव पोखरेलले यसबाट पनि तस्करीमा सत्तापक्षको नेताहरुको संलग्नता देखिएको उनको भनाई छ । यत्रो ठुलो घटनामा संलग्न देखिएका सत्ता गठबन्धनका नेतालाई सरकारले फोनकै आधारमा दोषी भन्न नमिल्ने भन्दै उम्काउन खोजि रहेको बताए । भ्रष्टाचार विरुद्ध कुनैपनि सम्झौता नगर्ने भनि रहेका गठबन्धन सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरिरहेको भन्दै भ्रष्टाचारका सबै मामिलामा निष्पक्ष छानविन हुनुपर्ने हाम्रो पार्टीको माग रहेको बताए ।

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव योगेश भट्टराई,सांसद अच्युत मैनाली,नेकपा एमालेको नेत्री एवं पूर्वमन्त्री ज्वाला साह,डा.विश्वम्बर शर्मा,प्रभु हजरा,पूर्व मेयर तथा उधोगपति बिजय कुमार सरावगी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...