८ भदौ,२०८०
वीरगंज । स्वास्थ्य बीमा बोर्डले वीरगन्जको नेशनल मेडिकल शिक्षण अस्पताल सहित २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।
बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९ र ८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समय सम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।