3 October ,2024,Thursday

पार्टीलाई चुस्त बनाउन वडाको बुथ समितिसम्म अभियान चलाउने लोसपाको निर्णय

वीरगंज २० भदौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले वडाको बुथ कमिटीसम्म पार्टीको संगठन सुदृढीकरण गर्न समीक्षा र सुधार अभियान चलाउने भएको छ ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरेर लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सोमबार महोत्तरीको बर्दिबासमा बसेको लोसपा मधेस प्रदेशको विस्तारित बैठकले उक्त अभियान चलाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

सोनलले पार्टीको संगठन चुस्त दुरुस्त बनाउन सुरक्षा र सुधार अभियान चलाउने निर्णय भएको बताए । उक्त अभियानमा पार्टीका नेताहरू पालिका,त्यसको वडा र वडाको बुथ समितिसम्म भ्रमण गर्ने र जिल्ला,निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समीक्षा तथा सुधारका विषयमा गहन छलफल गर्ने सोनलले बताए ।

विस्तारित बैठकमा केन्द्रीय समिति विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । संशोधित नागरिकता विधेयक पारित भएर जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाएपनि नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन समस्या भइरहेको सोनलले बताए ।अविलम्ब नियमावली बनाएर आमाको नामबाट नागरिकता बनाउने व्यवस्था गर्न उनले माग गरे ।

चुरेको विनाशले मधेसमा मरुभूमिकरणको जोखिम बढेको भन्दै सोनलले अविलम्ब तीनै तहको सरकारले चुरे संरक्षण र मरुभूमिकरणबाट बच्ने स्थायी समाधान खोज्नुपर्ने पनि उनले बताए ।

सोनलले प्रहरी समायोजन/समन्वय ऐन प्रमाणीकरण भए पनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर देखिएको र संघीयता माथि नै प्रश्न चिन्ह उठेको भन्दै संविधानले सुनिश्चित गरेको उक्त ऐन कार्यान्वयनका लागि माग गर्नेपनि बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...