4 December ,2023,Monday

दूरदराजका वस्तीसम्म सेवा उपलब्ध गराउन औषधी व्यवसायीलाई उपराष्ट्रपति यादवको आग्रह

वीरगंज २२ भदौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशका दूरदराजका वस्तीसम्म अझ प्रभावकारी सेवा उपलब्ध गराउन औषधी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार वीरगन्जमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो आग्रह गरेका हुन् ।उनले भने,‘ अहिलेपनि शहरदेखि गाँउसम्म औषधी व्यवसायीहरुले सेवा दिइरहेका छन् । अबका दिनमा दूरराजका वस्तीसम्मपनि औषधीको सेवा अझ प्रभावकारी रुपमा उपलब्ध गराउन आग्रह गर्छु ।

कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरुले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,‘आगामी दिनमापनिन औषधी व्यवसायीहरुले यो जिम्मेवारी लाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको र उनिहरुले नागरिकलाई सहजरुपमा औषधी उपलब्ध गराउनुका साथै हजारौंलाई रोजगारी पनि दिएकोमा उनले प्रशंसा गरे ।

उपराष्ट्रपति यादवले देशको अर्थतन्त्रमा औषधी कारोबारीको महत्वपूर्ण भूमीका रहेको पनि बताए । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आर्थिक विकासको आवश्यकता रहेको भन्दै उनले भने,‘यसमा औषधी व्यवसायी र उनिहरु आबद्ध संघले अझ थप योगदान दिने अपेक्षा गरेको छु ।

औषधी व्यवसायी र उनिहरु आबद्ध संघका विद्यमान समस्यालाई गम्भरिताका साथ लिएर समाधानका लागि स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागको ध्यानाकर्षण पनि उनले गराए ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अध्यक्षता तथा उपराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, मधेस प्रदेशका वनमन्त्री रमेश कुर्मी,उर्जामन्त्री सिंहासन साह कलवार, उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी,प्रदेशसभा सदस्यद्वय श्याम पटेल र प्रमोद जयसवाल लगायतले पनि सम्बोधन गरे ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...