8 February ,2025,Saturday

सुन तस्करीमा कलैयका सर्राफ पक्राउ,वीरगंजका व्यवसायी र हुण्डी कारोवारी त्रसित

वीरगंज २२ भदौं । नेपाल सुनचाँदी व्यवसायी संघ कलैयाका अध्यक्ष शिवकुमार सर्राफ पनि ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । भन्सार छलेर नेपाल ल्याइएको सुन अवैध रुपमा भारत पठाउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले सर्राफलाई बिहिवार घरैबाट पक्राउ गरी काठमान्डौं लगेको छ ।

कलैयाका व्यवसायी सर्राफ पनि पक्राउ परेसँगै वीरगंज,कलैया,गौर,मलगंवा,जनकपुर, लहान,इटहरी र विराटनगर सम्मका सुनचाँदी व्यवसायीहरु त्रसित भएका छन् । सरार्फलाई प्रहरीले समाते पछि यस कारोवारमा संलग्नहरुको पोल खुल्ने डरले केही सुनचाँदी कारोवारीहरु मोवाइल अफ गर्नेदेखि भारततर्फ भागिरहेको विश्वसनीय स्रोतले बताएको छ ।

विभिन्न कम्पनीको नाउँमा सुनचाँदीको कारोवार गर्र्दै आएका सर्राफले काठमाडौं न्यूरोडमा रहेका जयमातादी गोल्ड प्यालेसका संचालक पवन अग्रवाल,सिल्भर हाउसका संचालक अभिषेक सरावगी र काठमान्डौं कालिमाटीका अमित दारुका मार्फत अवैध सुनको कारोवार गर्दै आएको व्यवसायीहरु बताउँछन् । सर्राफ पक्राउ परेको खबरले पर्सा बारा लगायतका सुनचाँदी व्यवसायीमा तरङ्ग पैदा भएको छ ।

अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र,माँ बैष्णवी ज्वेलर्स,सर्राफ ज्वेलर्स उद्योग,श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्र,शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स,वीरगंजकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स,माँ लक्ष्मी ज्वेलर्स,आर एण्ड सन्र्स र आरके बुलियन प्रालि लगायतका सुनचाँदी पसल र तिनका व्यवसायीहरु माथि प्रहरीले निरगानी बढाएको छ ।

वीरगन्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन ।

नेपालमा हुण्डी र जाली नोटको कारोवारमा संलग्न रहदै आएका सन्तोष जैन र उनका छोराहरु सौरभ जैन तथा अंकुर जैनको नाउँ समेत सुनचाँदीको अवैध कारोवार गर्नेको सूचिमा रहेको स्रोतको भनाई छ । जैनका विरुद्ध स्थानीय प्रहरी प्रशासनमा हुण्डी र मिटरव्याजीको आरोपमा पटक पटक उजुरी पर्ने गरेको छ ।

पर्सा सुनचाँदी व्यवसायीका अध्यक्ष भूलन साह सोनार पनि प्रहरीको निगरानीमा छन् । उनीहरुको गतिविधिलाई प्रहरीले निगरानी गरीरहेको छ।भूलनले विभिन्न कम्पनीको नाउँबाट कारोवार गरेपनि उनले समेत वीरगन्जका अन्य व्यवसायीलाई सुन नदिएर भारत तर्फ तस्करी गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाएका छन् । सुन तस्करी प्रकरणको जालो नराम्रोसँग जेलिएको प्रहरीको भनाईलाई आधार मानेर आशंका गर्न सकिन्छ । साभार: एन्युज

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...