वीरगंज। सशस्त्र प्रहरीको १३ नम्बर गणको प्रहरीटोलीले बीरगंज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिक बजरंग टोलमा रहेको एक गोदाममा छापामारी गरेको छ ।
गोदाममा भंसार छलेर ल्याइएको काजु भण्डारण गरिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले छापामारी गरको हो । सप्रनाउ देबेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र बीरगंज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा रहेको ७ जना प्रहरी सहितको संयूक्त टोलीले छापा मारेको हो ।
मगनी राउतको घरमा छापा मार्दा अबैध रुपमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ७ लाख २० हजार मूल्य बराबरको काजु बरामद भएको हो । ८ सय केजी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको देबेन्द्र बहादुर सिंहले जानकारी दिए। काजु कसको हो भन्ने कुरा भने अनुसन्धान भइरहेको बताइएको छ ।