वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको न्यायिक समितीले मंगलबार सम्म २७ वटा मुद्दा फर्छौट गरेको जनाएको छ ।
आर्थिक बर्ष २०७९।०८० मा जम्म २४ वटा मुद्दा दर्ता भएको थियो । जसमध्ये १ वटा अदालतमा पठाइएको,४ वटा मेलमिलाप गराईएको र १९ वटा फैसला गरिएको न्यायिक समितीका प्राविधिक सहायक महम्मद जाकिर मियाँले बताए ।
यसैगरी आर्थिक बर्ष २०८०। ०८१ मा आज सम्म ३ वटा मुद्दा परेको थियो । जसमध्ये जग्गा खिचौला मुद्दा वाहेक फर्छौट भएको,घरवहाल वाला चलिरहेको र पानीको निकास वाला मंगलबार फर्छौट भएको पालिकाका न्यायिक समितीका रामबहादुर साह सोनारले बताए ।
मंगलबार सम्म मुद्धाको प्रकृति हेर्दा जग्गा खिचौला अधिकांश आएको र गालीगलौज र कुटपिट एक वटा मात्रै रहेको जनाइएको छ ।
न्यायिक समिती हुँदा धेरै विवाद बिना मुद्धा दर्ताको नै छलफलकै आधारमा सुलझिने गरेको न्यायिक समितीकी संयोजक सर्फु नेशाले बताईन । समान्य प्रकृतिका मुद्दा आउदा दुई पक्षलाई समझाउदा टुगिंने गरेको नेशाले बताईन ।