वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारी स्थित खेतमा ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको लागु औषध बरामद भएको छ ।
मनियारी स्थित देवेन्द्र यादवको खाली खेतमा ८ हजार ९१५ पिस लागु औषध बेवारिसे अवस्थामा बरामद भएको हो । दुई वटा बोरामा रहेको डाइजेपाम २ हजार ३३५ थान,नुर्फिन ३ हजार १६९ थान र फेनरागन ३ हजार ४११ थान गरी कूल ८ हजार ९१५ थान लागु औषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
शाहका अनुसार,स्थानीयले दिएको सूचना अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजंग थिङको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको खाली रहेको खेतमा पुगेर बेवारिसे अवस्थामा रहेको उक्त लागु औषध बरामद गरेको हो ।
बरामद लागु औषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।