वीरगंज । कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेशनल मेडिकल कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा ३३ महिलासहित १५७ जनाले रक्तदान गरेको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिएका छन्। नेशनल मेडिकल कलेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण,कलेज अध्ययनरत विद्यार्थी,डाक्टर,संस्थाका कर्मचारीहरूले रक्तदान गरेका थिए ।
नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जैनुदिन अन्सारीले अमूल्य जीवन बचाउन कार्यक्रममा सह भागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक असर पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । नेपाली समाज र समुदाय प्रति प्रतिबद्ध रहेको उदाहरण हो ।
रक्तदान कार्यक्रममा कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका महासचिव तथा नेशनल मेडिकल कलेजका मार्केटिङ डाइरेक्टर सहनवाज अंसारी,नेशनल मेडिकल कलेजका एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी, एकेडेमी डाइरेक्टर डा.नुसरत जहान अंसारी,हस्पिटल डाइरेक्टर डा.इसरत जहान अंसारी,भ्वाइस प्रिन्सिपल रविशंकर गुप्ता,एम.बी.बी.यस कोडिनेटर डा.सुमिरा दहाल, सञ्चारकर्मी,संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।