spot_img

10 February ,2026,Tuesday

भन्सार छली भित्रयाईएको ५१ लाखको ल्यापटप तथा कम्प्युटरका पार्टसहरू बरामद

वीरगंज । अवैध रूपमा भन्सार छली भित्रयाईएको ५१ लाखको ल्यापटप तथा कम्प्यूटरका पार्टसहरू प्रहरीले वीरगंजबाट बरामद गरेको छ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित एडी कम्प्यूटर सप्लायर्सका संचालक अजय सिंहले आफनै घरमा अवैध रूपमा भण्डारण गरेको अवस्थामा विभिन्न ब्रांडका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

बरामद इलेक्ट्रोनिक्स समानहरूमा डेल मिनी सिपीयू क्मप्लीट ७० थान, डेल मिनी सिपीयू ३२ थान, डेल सिपीयू बक्स ४१ थान, डेल सिपीयू बक्स क्मप्लीट ६० थान, डेल सिपीयू क्मप्लीट ७६ थान, जियोनिक्स हार्ड डिस्क ८८ थान, डेल मोनिटर ४२ थान, माउस ५ सय ५० पिस, मोनिटर वायर ३ सय १२ पिस, सीसीटीवी वायर १८ हजार मिटर,मदर वोर्ड २५ पिस, ग्राफिक कार्ड ११ पिस,कुलिंग फैन,१९ पिस, ल्यापटप चार्जर १ सय ३१ पिस, क्याट सिक्स केबल १ रोल,ड्रिल मेशीन १ थान, कम्प्यूटर बैट्री २ सय पिस, डेल कोर आई फाईभ ल्यापटप ८ थान,बिग्रेको ल्यापटप( १ थान लगायत समानहरूको बजार मुल्य ५१,लाख २६ हजार ७ सय रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

बरामद सामानहरूलाई थप आवश्यक कार्यवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल