18 January ,2025,Saturday

उपचारपश्चात स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार स्वदेश फर्किएका छन्। जनवादी गणतन्त्र चीनको भ्रमणका क्रममा उनलाई त्यहीँ हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए। चीनको राजधानी बेइजिङमा उपचार गराएर उनी डिस्चार्ज भएपछि स्वदेश फर्किएका हुन्।

श्रेष्ठ १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी भएका थिए। त्यसलगतै उनलाई हृदयाघात भएको थियो। उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो।

श्रेष्ठलाई हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठ ३ कात्तिकमा स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले कात्तिक ८ गते मात्रै स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...