वीरगंज, ११ कात्तिक । अहिले नेपालिहरुको अवस्था भिख मांगेर खाने अवस्था आएको छ । नेपालमा अहिलेको सरकार पूर्ण रुपले असफल भएको छ । सरकारलाई चलाउने तिन अङ कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तिनटै भ्रष्ठ रहेको परिषदका केन्द्रिय अध्यक्ष जगत बहादुर थापाले बताएका छन ।
शनिबार वीरगंजमा पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले अहिले कार्यपालिका अप्रत्यक्ष छ । देशमा चुनाव हुँदा पैसा बाँडेर, धाँधली गरेर, गुण्डा परिचालन गरेर भोट जितिन्छ । भोट जितेपछि पहिला आफ्नो खर्च निकाल्ने कार्य गरिन्छ,र जन्ताको कार्य गरिदैन । यहाँ सम्म जिएम नियूक्ति देखि लिएर न्यायधिश नियूक्ति सम्म कार्यपालिकाले गरिरहेको छ।
अहिलेको सरकारले आफ्नो मनपरि कार्य गरिरहेको छ । जन्ता माथि शासन गर्ने, शोषण गर्ने, दमन गने, अत्यचार गर्ने अहिलेको सरकारमा यो कार्य भईरहेको छ । जन्ताको कुरा कतै सुनिदैन । सरकार त छ तर सुन्ने कतै छैन । यस्को एक मात्र बिकल्प रामराज्य व्यवस्था रहेको अध्यक्ष थापाले बताए ।
रामराज्य व्यवस्थामा मन्त्रि र मान्त्रालयहरु हुँदैन । रामराज्य व्यवस्थामा न्याय निशुल्क हन्छ । अन्यायमा परेका व्यक्तिहरुलाई राज्यले निशुल्क न्याय दिन्छ ।
भ्रष्टचारलाई शुन्य अवस्थामा ल्याउन सर्वाधिकार सम्पन्न संस्था लोकपाल जस्ता संस्थाको व्यवस्था गरिएको हुन्छ ।अनगिन्ती मन्त्री र मन्त्रालयहरुका सट्टा जननिर्वाचित राज्य प्रमूखको नियन्त्रणमा रहने गरि ९ सचिव र सचिवालय मार्फत रामराज्य संचालन गरिन्छ ।
नेपाललाई पुन: विश्वको एक मात्र हिन्दु राष्ट घोषण गर्दै शान्ति क्षेत्र घोषण गरिन्छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, उपभोक्ता लगायत ३२ जति क्षेत्रहरुलाई स्वायक्त (राजनीति हस्तक्षेप बाट मुक्त) क्षेत्र घोषणा गरिन्छ ।
६० वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई पेन्सन दिने, पैसा नभए पढन नपाउने, पैसा नभए उपचार नपाउने र पैसा नभए सम्म निःशुल्क पाउनु पर्ने न्याय समेत नपाउने अवस्थाको अन्तय गरिन्छ ।
सबै गुठि संस्थान खारेज गरिन्छ र सबै गुठी, मन्दिर, गुम्बा, गुरुद्धवाराहरुको संरक्षण गरिन्छ भन्ने रामराज्य परिष्दको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
देशमा रामराज्य व्यवस्था ल्याउनका लागि संयुक्त शान्तिपूर्ण नागरिक आन्दोलन गर्ने र आन्दोलनको तिथी मिति छिट्टै सार्वजनिक गरिने अध्यक्ष थापाले बताएका छन। अब देशलाई बचाउन संसदीय व्यवस्थाको एकमात्र विकल्प रामराज्य व्यवस्था नै भएको परिषदका केन्द्रिय अध्यक्ष जगत बहादुर थापाले बताए ।