3 October ,2024,Thursday

धोबिनी गापाका प्रमुख प्रशासकिय अधिकृतमा साह हाजिर,अध्यक्ष र उपाध्यक्षले गरे स्वागत

वीरगंज, २० कात्तिक । पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह हाजिर भई आजबाट कार्यभार समालदै एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुद्धारा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

धोबिनी गाउँपालिकाको सभाहलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान सहित उपाध्यक्ष मन्जु देवी कुर्मी, नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि श्यामकिसोर पटेल, वडाध्यक्ष बन्धु साह, राजकिसोर पटेल, अबास मियाँ, मनाउर मियाँ, शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी, वडा सदस्य मदन सहनी, कमल ठाकुर, जितेन्द्र कुर्मी, गाउँपालिका कर्मचारीहरुले अधिकृत साहलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।

सो अवसरमा अधिकृत साहले बोल्दै भने आफु जनताहरुको काम लाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता गर्नु भएको हो। जनताहरुको काम काजको साथै बिकास निर्माण लगायतको कामहरु अगाडि बढाउने, साथै जनप्रतिनिधि र कर्मचारीको समन्वयमा अगाडी बढने बताए। उनले भने तपाईहरुले आज जसरी स्वागत गर्नु भएको छ, त्यसरी नै तपाईहरुको सहयोग र समन्वयको जरुरी रहेको बताए।

परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो। गाउँपालिकामा आउनु भएको प्रमुख प्रसाशकिय अधिकृत प्रमोद कुमार साह यो भन्दा पहिला ईलाका प्रसाशन कार्यालय सिम्रौनगढ बाट सरुवा भई आउनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...