2 December ,2023,Saturday

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

वीरगञ्ज, २३ कात्तिक : मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ बीएएलएलबी र जनप्रशासन सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । यसका लागि प्रवेश परीक्षामार्फत कानुन सङ्काय बीएएलएलबीमा भर्ना भएका एक सय १० र जनप्रशासन सङ्कायका ५५ विद्यार्थीका लागि विश्वविद्यालयले तीन दिने अनुशिक्षण कक्षा सञ्चालन गरेको हो ।
विश्वविद्यालयमै सञ्चालित अनुशिक्षण कक्षामा विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, रजिष्ट्रार विजयकुमार यादवले विश्वविद्यालयको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभयो । यस्तै पर्सा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय पर्साका सह न्यायाधिवक्ता रामकमुार थापाले कानुन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षण दिनुभएको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिनुभयो ।
विद्यालयलाई सुष्मा श्रेष्ठ, वासुदेवलाल कर्ण र अरविन्द श्रेष्ठले विश्वविद्यालयको आचारण र विद्यालयले परिपालना गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभयो भने शैक्षिक क्रियाकलाप तथा विश्वविद्यालयको अनुशासनसम्बन्धी विश्वविद्यालयका कानुन तथा जनप्रशासन सङ्कायका डीन डा मानबहादुर विश्वकर्माले सहजीकरण गर्नुभएको रजिष्ट्रार यादवले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सामाजिक न्यायसम्बन्धी अधिवक्ता विकास गुप्ताले सहजीकरण गर्नुभयो ।
पठनपाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ ।
गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई वटा सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...