20 January ,2025,Monday

मौलापुरकी मेयर रिना साहको पद पुर्नबहाली

वीरगंज, २५ कात्तिक । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहलाई पुर्नबहाली गर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार यस्तो आदेश गरेको हो ।

नेकपा एमालेको सिफारिसमा यस अघि निर्वाचन आयोगले मेयर रिना कुमारी साहको पद निलम्बन गरेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘ निवेदिकाको नगर प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सुचना समेत हाललाई कार्यान्वयन नगर्नु नगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुम पदमा रहि यथावत काम कारवाही गर्न दिनु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२०) बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ।’

साथै सर्वोच्चले यस सम्वन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुखको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो ।

अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।

साह यसअघि पनि माओवादीबाट सोही नगरपालिकामा मेयर थिइन् । उनी एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरे पनि अदालतले उनलाई मेयरमा पुर्नबहाली गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...