spot_img

11 March ,2026,Wednesday

बाराको कलैयाबाट यातायातसम्बन्धी सम्पूर्ण सेवा लिन सकिने

कलैया, २६ मंसिर । बाराको कलैयामा सोमवार यातायात व्यवस्था कार्यालयको उदघाटन भएसंगै छिट्टै यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु अब बाराबासीले पर्सा धाउनु नपर्ने बताएका छन् ।
मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले कलैया ३ स्थित गंगापुर शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको कार्यालयको उदघाटन गरेका हुन् । कार्यालयको उदघाटन भएसंगै अब बाराका सेवाग्राहीले यातायातसम्बन्धी सम्पूर्ण कार्यको सेवा लिन सक्नेछन् । केहीदिनको तयारीपछि सेवा संचालन हुनेछ । यसअघि उक्त सेवा वीरगंजस्थित यातायात व्यवस्था कार्यालयले प्रदान गर्दै आएको थियो ।
यातायात व्यवस्था कार्यालय मधेस प्रदेश सरकार अन्तर्गत आएपछी सेवा विस्तार गरिएको हो । यसअघि सर्लाहीमा कार्यालय उदघाटन भएको थियो । उक्त सेवा मधेसका सबै जिल्लामा क्रमशः लगिने बताइएको छ ।
कार्यालय उदघाटन कार्यक्रममा मन्त्री सिंहले मन्त्रालयले अब सवारी चालक अनुमतिपत्रको नविकरण मितिको अवधि बढाएर १० वर्ष पुर्याउने र गाडीको नविकरण पटकपटक गर्न नपर्ने गरि तयारी गरिरहेको बताए ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य महम्मद समीरले यातायात कार्यालय बारामा उदघाटन हुँदा बाराबासीको लागि खुशीका कुरा रहेकोे बताए । समीरले हरेक सेवालाई जनतामाझ लगिनुपर्ने बताउदै बताए ।
यसैगरी मदेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठले कार्यालय उदघाटनसंगै व्यवस्थित ढंगले सेवा संचालनमा ध्यान दिनुपर्ने बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले यातायात कार्यालयको स्थानीय रूपमा कार्यालय व्यवस्थापन गर्नका लागि तीन बिगाह जमिन उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रममा जसपाका नेता रामबाबुकुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, नेता पारस साह, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, नेता सन्तोष पटेल, मुकेश दुबेदी, नेपाली कांग्रेसका राजेश सिंह, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मुकेश साहलगायतकाले मन्तव्य राखेका थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल