8 February ,2025,Saturday

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस ।
वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन रिफलेक्टर रोड स्टड लाइट जडान गरेको कारण बिग्रेको स्थानीयको भनाइ छ ।
सडक बिभागले मुख्य सडकमा सवारीका साधनको लागि संकेत दिन सडकको दायाँ–बायाँ पिच सडकमा सडक संकेत बत्ती जडान गरेको थियो । बत्ती जडान गरेको छ महिना पनि भएको छैन अधिकांस बत्तिहरू बल्न छाडिसकेका छन । सडक बिभागका कर्मचारीले कमिसनको प्रलोभनमा परि गुणस्तरहिन बत्ती जडान गरेको स्थानीयको आरोप छ । सो सम्बन्धमा बुझ्न खोज्दा सडक बिभागका कोहिपनि कर्मचारी जवाफ दिन तयार भएनन् ।
सडकको किनारमा मुख्य सडकमा नियमित चल्ने गाडीहरूको लागी चाहिने स्थान छुट्याएर सडक किनारमा सडक बिभागले अटोम्यााटिक रातो बत्ती जडान ग¥यो । ठूलो राजमार्गदेखि ठुला शहरमा पनि सडक डिभाइडरमा रातो र राती पिल पिल गरेर बल्ने बत्ती जडान गरेको थियो ।
तर वीरगंजका सडकमा जडान गरिएका रिफलेक्टर रोड स्टड लाइट अधिकान्स बल्न छोडेको छ । सडकले कमसल सामान जडान गरिंदिदा छ महिना बित्न नपाउदै बल्न छोड्यो यस्को दोषी को ?
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...