6 July ,2025,Sunday

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर सुजित सिंहलाई प्रहरीले दुवै खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजित कुमार सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । प्रहरीले उनको साथबाट एक थान पेस्तोल र ५ थान गोली समेत पक्राउ गरेको हो ।
सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो । बाराको बिश्रामपुर गाँउपालिका– ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा दुबै खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् । सिंहको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
कार्तिक १३ गते बाराको सदरमुकाम कलैया उपमहानगर– ६ मा दुर्ई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिड्ढा स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।
स्वर्णकारको छाती,टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले जनाएको छ ।
सार्पसुटरका नामबाट परिचित सिंह यस अघिका बाराका दुर्ई घटनाका समेत सुटर रहेको प्रहरीको दाबी छ । त्यसको करिब २ महिनामा सुटरलाई बारा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिन सफल भएको हो ।
बारा प्रहरीले यसबारे पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...