1 July ,2025,Tuesday

जसपा जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व भएको विस्तारित बैठक सम्पन्न

वीरगंज,२५ पुस । जनता समाजवादी पार्टी नेपाल ९जसपा० पर्साको विस्तारित बैठक सम्पन्न भएको छ । जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व तथा राजनितिक समिति सल्लाहकार सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकमा पर्साका १४ वटै पालिकाका पार्टि तथा भातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफना भनाइ राख्दै अध्यक्ष यादवले आउदो माघ ५ गते वीरगञ्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अथित्यमा बलिदानी दिवसलाई भव्य र सभ्य बनाउन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरु लाई आउन आग्रह समेत गरे।

रमगढवा धर्मशालाको सभाहलमा सम्पन्न बैठकको कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य फिरोज मन्सुर, रेखा शाह, खलिल मिया, अथितिमा मधेश प्रदेशका उपाअध्यक्ष वृजमोहन तिवारी, मधेश प्रदेशका सदस्य कमाल अरसद, जिल्ला सचिव तबरेज अहमद, नगर अध्यक्ष निरंजन पटेल, ट्रेडयुनियन अध्यक्ष महाराज यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...