16 September ,2024,Monday

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन वीरगंजमा भेटघाट कार्यक्रम सम्पन्न

वीरगंज,२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वीरगंजमा मधेसबाट सत्ता गठबन्धनका उम्मेदवार र पर्साका पालिकाका जनप्रतिनिधीहरुबिच परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजको होटल पूजनमा मंगलबार आयोजित उक्त कार्यक्रममा गठबन्धनका दलका नेताहरुले मधेसबाट गठबन्धनका साझा उम्मेदवार आनन्द ढुंगाना र पूजा चौधरीलाई मत दिएर विजयी बनाउन पर्साका पालिकाका प्रमुख र उपप्रमुखहरुलाई आग्रह गरे । ढुंगाना नेपाली कांग्रेसका तर्फबाट र चौधरी जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला समन्वय समिति पर्साका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उम्मेदवारद्वयसंगै कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य अजय चौरसिया, मधेस प्रदेशका वनमन्त्री तथा लोसपा नेता रमेश कुर्मी, कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता, नेकपा एकिकृत समाजवादीका नेता मनोज चौधरीका साथै गठबन्धन दलबाट पर्साका विभिन्न पालिकामा निर्वाचित पालिका प्रमुख र उप्रमुखको सहभागीता रहेको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।कार्यक्रमको सहजीकरण जसपाका जिल्ला सचिव तबरेज अहमदले गरेका थिए । साभार— मधेश खबर

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...