20 January ,2025,Monday

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरी (पुस्तकालय) को उद्घाटन

वीरगंज, १० माघ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरी ( पुस्तकालय ) को एक कार्यक्रमका बीच बिहीबार उदघाटन भएको छ ।

पत्रकार महासंघ पर्साको सभाकक्षमा लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा निर्माण गरेको पुस्तकालयको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उदघाटन गरेका हुन् ।

लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगंज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।

उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए ।

अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वीरगंज लेडिज सर्कल कि अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् ।

साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने बिश्वास व्यक्त गरीन ।

कार्यक्रमको सहजीकरण वीरगंज लेडिज सर्कल कि उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...