spot_img

10 February ,2026,Tuesday

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी

वीरगंज २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाको आयोजनामा प्रभातफेरि निकालिएको हो ।

वीरगंजको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमण गरि पुन्नः घण्टाघर चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रेस चौतारी नेपाल मधेश प्रदेश सह इन्चार्ज श्याम बञ्जाराले २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेको शुभकामना दिदैं २/३ महिना भित्र पत्रकार माहासंघको चुनाव आउन लाग्दा हामी सबै एक्ताबध्द भएर, मर्यादित भएर, एक ढिक्कामा बसेर पत्रकार माहासंघ पर्सालाई बिजयी बनाउने अभियानमा लागने बताए ।

एमालेका प्रचार विभाग समिति सदस्य महेश दासले जुन संस्थामा हामी आबध्द छौ त्यो संस्थाको हित अनुसार, मर्म अनुसार, निर्णय अनुसार हिडने हाम्रो कर्तव्य रहेको भन्दै २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गरेका थिए ।
त्यसतै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले प्रेस चौतारीलाई ठूलो संङ्गठन रुपमा बनाउने हाम्रा अग्रजहरुलाई आभार व्यक्त गर्दै २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेको शुभकामना व्यक्त गरेका थिए ।
प्रेस चौतारी पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शत्रुघ्न नेपाल, सन्जिव मिश्र, किरण पाण्डे, महेशचन्द्र गौतम, किरण सत्याल लगायत अग्रज पत्रकार सहित पर्सेली पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कोणसभा कार्यक्रमको सहजिकरण प्रेस चौतारी पर्साका सचिव राकेश कुमार साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल