8 December ,2024,Sunday

अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा

वीरगंज, २५ माघ । अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक बिधालयले पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ ।

वीरगंजमा शनिबारदेखि सुरु हुने प्रतियोगितामा महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माध्यमिक विधालयगरी १६ वटा निजी बिधालयहरुको सहभागितामा क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुन गईरहेको छ । सो प्रतियोगिता अगामी २७ गते शनिबार देखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माध्यमिक बिधालयका सञ्चालक एवम् प्रतियोगिताका संयोजक बिनोद कुमार उपाध्यायले जानकारी दिए ।

प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगंजको नारायणी रंगशालामा आयोजना हुने उपाध्यायले बताए । विगतको समयमा नेपालमा क्रिकेट खेलको क्रेज तिब्र गतिमा बढीरहेकोले खेलाडीहरुको हौसला प्रदान गर्न र पर्सा जील्लामा क्रिकेट खेलाडीहरु राष्ट्रिय रुपमा बढाउनका निमित सो प्रतियोगिता आयोजना गर्न गईरहेको प्रतियोगिता संयोजक विशाल कुमारले बताए । यस प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थीति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए । प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जानकारी दिएको छ ।

विद्यालय प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो । पत्रकार सम्मेलनको संचालन पत्रकार राम मण्डल्ले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...