1 March ,2024,Friday

कोशीका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर, माघ २६ ।  कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका चार जना मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

आज नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्य मन्त्री बने भने नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बने। यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनिन्। माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बने भने नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बने। कांग्रेसकी इन्दिरा थापा र सुनिताकुमारी गुरुङले राज्यमन्त्रीका रूपमा शपथ लिइन्।

माओवादीका बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीका रूपमा शपथ लिँदा कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए। कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्यमन्त्री बने।

कांग्रेसकी इन्दिरा थापाले भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीका रूपमा नियुक्त भएकी छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री केदार कार्की स्वयमले लिए। यसैगरी, कांग्रेसकै गुरुङ आन्तरिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्। यससँगै कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डल बनेको छ। नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व सम्हालेका थिए। ​​​​​​​कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। असोज २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए।

कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए। उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए। आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कात्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती ‘सुशील’ र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबगुलाई मन्त्री पदमा नियुक्त गरे।

उनीहरूलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए। एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल चार सदस्यमा सीमित भयो। नियुक्त भएका मन्त्रीहरू राई, जबेगु र उप्रेतीले पनि लामो समय बिनाविभागीय बस्नु परेको थियो।  कार्कीले उनीहरूलाई मंसिर १७ गते जिम्मेवारी दिए।

जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगुलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। साभार– अन्नपूर्ण पोष्ट

प्रतिक्रिया लेख्नुहोस् ।

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

sakhuwa-parsauni-gawpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...