spot_img

10 February ,2026,Tuesday

वीरगंजमा दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८० आयोजन हुँँदै

वीरगंज, १ फागुन । वीरगंजमा एक महिनासम्म जुत्ता–चप्पल व्यापार मेला आयोजना हुने भएको छ ।

बुधबारदेखि एक महिनासम्म मेला आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।

मेलामा नेपाल र भारतका करिब २ लाख भन्दा बढी उपभोक्ता एवं ग्राहकले अवलोकन गर्ने आयोजकको दावी छ ।

एक महिना सम्म चल्ने दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८० मेलामा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने र ३५ देखि ४० हजार जोडि जुत्ता चप्पल विक्री हुने आयोजकले लक्ष्य राखेको छ ।

वीरगंजको लालबंगला परिसरमा लाग्ने मेलामा विभिन्न १३ वटा कम्पनीका ६० भन्दा बढी स्टल रहने मेला समितिका संयोजक सुरज बन्जाडेले जानकारी दिए । मेलामा हरेक जुत्ता–चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने उनले बताए ।

‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु हुने मेलाले नेपालमा उत्पादित नेपाली जुत्ता चप्पल उत्पादनको विक्री वितरण गर्न र उपभोक्तालाई नेपाली उत्पादनको बारेमा जानकारी दिने लक्ष्य समेत रहेको आयोजक समितिका संयोजक सुरज बन्जाडेको भनाई छ ।

एक्स्पो मेलामा हाईलाइफ, शु ल्याण्ड, बेली, बोस शुज, भेनस, सिल्स, वन वल्र्ड, शिखर, पि.जी.शुज, बाम्बो शुज, हिमानी लगायतका ब्राण्डका उत्पादित जुत्ताचप्पल बिक्रीको लागि राखिने उनले जानकारी दिए ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुको साथै सस्तो मुल्यमा स्तरीय फुटवेयर उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको मेला सञ्चालक समितिका सविन कार्कीले जानकारी दिए ।

बुधबारदेखि सुरु हुने मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै उनले विहान ११ बजे वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक्स्पो मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

मेला आयोजक समितिका संयोजक बन्जाडेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, मेलामा सहभागि कम्पनी आइडिएल शुजका रामचन्द्र खत्री, बोस शुजका गंगा बहादुर श्रेष्ठ भेनसका जीवन कुमार श्रेष्ठ, वन वल्डका श्रीराम पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल