20 January ,2025,Monday

वर्तमान गठबन्धन अन्त्य गरौँ, काँग्रेस नेतृत्वको सरकार बनाऔं : सांसद शर्मा

काठमाडौँ, ५ फागुन । नेपाली काँग्रेसका सांसद् सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन्।

पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रस्ताव शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्।

वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रूपान्तरण र आफू नेतृत्वको जनमुखी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि स्पष्ट पारे।

भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उनको भनाई थियो।

सांसद शर्माले लोकप्रियतावादीहरु र अतिवादीहरु नेपाली काँग्रेसका मुख्य चुनौती रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्न नहुने बताए।

‘नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन। काँग्रेस आफ्नो नीतिमा प्रष्ट हुन जरुरी छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउनु पर्छ। नसके काँग्रेसका लागि आउने दिनहरू कठिन छन्।’ उनले भने।

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने पनि जिकिर गरे। साभार– नागरिक

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...