16 September ,2024,Monday

नेशनल मेडिकल कलेजको विवादः काकालाई पदमुक्त गरेको भतिजाद्वारा घोषणा

वीरगंज, १३ फागुन । नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीका छोरा डा. शाहनवाज अन्सारी र छोरी डा. नुसरतजहा अन्सारीले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरी काका बसरुद्दीन अन्सारीलाई पदमुक्त गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यहि फागुन ४ गतेदेखि लागु हुने गरि आफुलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उनले बताए । वार्षिक साधाररण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आफुलाई र सञ्चालकमा नुशरत जहा अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए ।

पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरूद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टिकरण पनि दिए । कानूनी रूपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरूद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनुभएको उनले बताए । तर केहि समयदेखि काका बसरुद्दीन अन्सारीको कार्य सञ्चालनमा कैफियत देखियो । अध्यक्षले उनलाई पटक पटक सचेत पनि गराएका थिए । तर त्यसका बाबजुद पनि सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै पदमुक्त गरिएको बताए ।

पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको एमडीबाट हटाएपछि बसरूद्दिनले अध्यक्ष जैनुद्दिनलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताए । अध्यक्ष जैनुद्दिनले जिउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्तासमेत गराइसकेको पत्रकार सम्मेलनमा शाहनवाजले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...