19 January ,2025,Sunday

जगरनाथपुरमा युवाहरुलाई स्वरोजगार बनाउन सीपमुलक तालिम सञ्चालन

वीरगंज, १६ फागुन । पर्साको जगरनाथपुर गाउँपालिका वडा नंबर ६ औंराहामा युवाहरुलाई लक्षित गरेर एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन सीप विकास तालिम सुरु भएको छ ।

जगरनाथपुर गाउँपालिका कार्यालयको समन्वयमा लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले सञ्चालन गरेको तालिमको बुधबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरे।

तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले सिप सिकेर आफ्नै गाउँठाँउमा रोजगार गर्न यो तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

२० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक‍ अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।

तालिमको उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...